एमाले र माओवादी अलग–अलग पार्टी रहेको पत्र संसद् सचिवालयमा

काठमाडौं । निर्वाचन आयोगबाट नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र संसद् सचिवालयमा पुगेको छ ।
सर्वोच्च अदालतको फैसला अनुसार निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग भएको निर्णय गरेको छ ।
यद्यपि, संसद् बैठकमा एमाले र माओवादी केन्द्रका सांसद्हरु सत्तापक्षकै सिटमा बस्ने भएका छन् । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने बताए ।
यसअघि गत आइतबार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको पार्टी एकीकरण बदर गरिदिएको थियो । सर्वोच्चको सो फैसलासँगै यी दुई दल पूर्ववत् अवस्थामा फर्किएका छन् ।
त्यस्तै मंगलबार निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै गोपाल किराँतीको माओवादी केन्द्रले नाम र चुनाव चिन्ह र सन्ध्या तिवारी नेतृतवको एमाले पर्टीको नयाँ नाम प्रस्ताव गर्न भनेको छ । दुवैलाई १५ दिनभित्र सुधारसहितको विवरण पेश गर्न आयोग भनेको छ ।
केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपा खारेज भएसँगै साविक नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा जाने भएपछि किराँती नेतृत्वको माओवादी केन्द्र र तिवारी नेतृत्वको नेकपा एमाले पार्टीको नाम परिवर्तन गर्नुपर्ने भएको छ ।
यो पनि
गोपाल किराँतीले पार्टीको नाम र चिन्ह, सन्ध्या तिवारीले नयाँ नाम प्रस्ताव गर्नुपर्ने : निर्वाचन आयोग
एकताका लागि १५ दिनभित्र उपस्थित हुन एमाले र माओवादीलाई निर्वाचन आयोगको पत्र
निर्वाचन आयोगद्वारा ओली र प्रचण्ड अध्यक्ष रहेको ‘नेकपा’ खारेज

प्रतिक्रिया