माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पेरिसडाँडामा जारी

नेपालखोज २०७७ फागुन २६ गते ११:४८

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहेको जनाइएको छ ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समिकरण, पार्टीको भावी रणनीतिसहितका विषयमा छलफल हुनेछ ।

बुधबार दिउँसो १ बजे संसद्को बैठक बस्दैछ । सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्रको एकता भंग गरेसँगै रणनीतिक छलफलका लागि माओवादी केन्द्रको स्थायी कमिटि बैठक बसेको हो ।

प्रतिक्रिया