हात हल्लाउँदै संसद् भवनबाट बाहिरिए प्रधानमन्त्री ओली

नेपालखोज २०७७ फागुन २६ गते १३:३८

काठमाडौं । संसद् बैठक सुरु नहुँदै प्रधानमन्त्री केपी शर्मा ओली संसद् भवनबाट हात हल्लाउँदै बाहिरिएका छन् ।

प्रतिनिधिसभा बैठकको कार्यसूचीका विषयमा सभामुख, दलका नेता र कानुन मन्त्रीबीच छलफल चलिरहँदा प्रधानमन्त्री ओली बाहिरिएका हुन् ।

यसअघि फागुन २३ गते पनि प्रधानमन्त्री ओली संसद् बैठक सुरु नहुँदै बाहिरिएका थिए ।

बुधबारको संसद् बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची छ ।

प्रतिक्रिया