हामी त फेरि एमाले भयौं : झलनाथ खनाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफूहरु तीन वर्षपछि नेकपाबाट पुनः एमाले भएको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा उनले सो कुरा बताएका हुन् ।
संसद् राजनीतिक खेल खेल्ने थलो रहेको र अब खेल सुरु भएको उनको भनाइ थियो । उनले आफूहरु तीन वर्षपछि नेकपाबाट पुनः एमाले भएको पनि बताए ।
“हामी त फेरि एमाले भयौँ । दुर्भाग्यको कुरा हो, एकीकृत भइसकेको पार्टीलाई फेरि विभाजित गरियो । जे जे खेलहरुबाट यो विभाजित भएको भए पनि या हाम्रा आफ्ना मिस्टेकले भएको भए पनि हामी यो ठाउँमा आइपुगेका छौँ,” उनले भने ।
केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले बाँकी दुई वर्षको कार्यकाल राम्रोसँग पूरा गर्नुपर्ने पनि बताएका छन् । आज प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा उनले एमाले नेतृत्वको सरकारकै निरन्तरताको पक्षमा आफूहरु रहेको बताए ।
“अहिले सरकार हामीसँग छँदै छ । यो सरकारले आउने दुई वर्षको कार्यकाल राम्रो ढंगले पूरा गर्नुपर्छ,” नेता खनालको जोड थियो । उनले संविधानको भावनानुसार अघि बढ्नुको विकल्प नरहेको पनि बताए ।

प्रतिक्रिया