शुक्रबार, वैशाख १२, २०८२

२४ घण्टामा १०४ कोरोना संक्रमित थपिए

नेपालखोज २०७७ फागुन २६ गते १६:५५

काठमाडौं । गत २४ घण्टाभित्र नेपालमा एक सय चार जना कोरोना संक्रमित थपिएका छन् ।

उक्त अवधिमा तीन हजार चार सय ८८ जनाको पीसीआर परीक्षण गर्दा एक सय चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यससँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ७४ हजार नौ सय ७३ पुगेको छ ।

प्रतिक्रिया