बिहीबार, वैशाख १३, २०८१

नयाँ बनाउँदा पुराना साथी छुटे : अध्यक्ष प्रचण्ड

नेपालखोज २०७७ फागुन २७ गते १५:०३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ साथी खोज्दा पुराना साथी छुटेको बताएका छन् ।

बिहीबार नमुना स्वास्थ्यकर्मी संघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

‘नयाँ मान्छे खोज्छौं भन्दा पुराना साथीहरु छुटेको पक्कै हो । अब चाहिँ त्यसलाई उल्ट्याएर सच्याउने प्रतिवद्धता मैले आफैंले गरेको छु,’ उनले भने ।

एक पटक फेरि कोर्स करेक्सन गरेर प्रतिक्रियावाद विरुद्ध लड्ने संकल्प गरेको बताउँदै प्रचण्डले आफू फेरि एक पटक आफ्नै शक्ति र आफ्नै खुट्टामा उभिएर क्रान्ति गर्ने पक्षमा रहेको बताए ।

आन्दोलनका उपलब्धीमाथि देशभित्र र बाहिरबाट ठूलै षड्यन्त्र भइरहेको भन्दै प्रचण्डले त्यसलाई परास्त गर्न लडाईं लड्ने बताएका हुन् ।

प्रतिक्रिया