जसपा संसदीय दलको बैठक आज बस्दै, दुई एजेण्डामाथि छलफल

नेपालखोज २०७७ फागुन २८ गते ९:५३

काठमाडौं । जनता समाजवादी पार्टीको संसदीय दलको बैठक आज (शुक्रबार) दिउँसो बस्दैछ ।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा मुख्यगरी दुई वटा एजेण्डमा छलफल हुने छ ।

संसदीय दलको विधान छलफलपछि पारित गर्ने र संसदीय दलको नेता चयन गर्ने आजका बैठकका एजेन्डा छन् ।

पार्टीका सांसदहरुलाई संसदीय दलको विधान अध्ययनका लागि दिइएको छ भने सांसदहरुले अध्ययन गरेर आजको बैठकमा उपस्थित हुने जसपालले जनाएको छ । बैठकमा संसदीय दलको विधान छलफलपछि पारित गर्ने र संसदीय दलको नेता चयन गर्ने एजेन्डा रहको छ । विधान पारितसँगै संसदीय दलको नेता चयन गर्ने प्रक्रियामा अघि बढ्छ ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी नेपालबीच एकीकरण भए पनि अहिलेसम्म एकीकृत पार्टीको संसदीय दलको नेता चयन हुन सकेको छैन ।

गत वैशाख १० गते राजपा र समाजवादी पार्टीको एकतापछि नाम जसपा राखिएको थियो ।

प्रतिक्रिया