मुस्लिम आयोगले मस्लिम समुदायको थर सुचिकृत गर्ने

नेपालखोज २०७७ चैत २ गते १४:४४

काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगले मस्लिम समुदायको थर सुचिकृत गर्ने भएको छ ।

सोमबार आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ को विषयमा सञ्चारकर्मीसँग भेटघाट गर्दै आयोगले मुस्लिम समुदायको थर सुचिकृत गर्ने बताएका हुन् ।

उनले मुस्लिम समुदायभित्र विभिन्न थरहरु रहेका कारण समुदायलाई पहिचान गर्न गाह्रो भएको भन्दै मुस्लिम आयोगले मुस्लिम समुदायको थर सुचिकृत गर्ने भएको जानकारी दिए ।

थर सुचिकृत गर्नको निम्ति आर्थिक वर्ष २०७६/०७७ मा मोरङ, सुनसरी, सप्तरी, पर्सा, बाँके र पाल्पामा अध्ययन समेत भएको उनले बताए । हालसम्म ४५ वटा थर फेला पारेको र थप अध्ययन गरेर सार्वजनिक गर्ने उनको भनाई छ ।

आर्थिक वर्ष २०७६/०७७ मा आयोगलाई प्राप्त भएको ५ करोड ६ लाख ८३ हजार ६ सय २८ रुपैयाँ मध्ये २ करोड ५१ लाख ६४ हजार ९ सय ९४ रुपैयाँ ९२ पैसा खर्च भएको आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया