रहेनन् माणिकलाल श्रेष्ठ

नेपालखोज २०७७ चैत ३ गते ११:५७

काठमाडौं । वामपन्थी चिन्तक माणिकलाल श्रेष्ठको ८९ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मिर्गौला र मुटु रोगको समस्याबाट पीडित श्रेष्ठको महाराजगन्जस्थित सहिद गंगालाल हृदय केन्द्रमा उपचारको क्रममा मंगलबार बिहान निधन भएको हो ।

कम्युनिस्ट विचारधाराका श्रेष्ठले मार्क्सवादबारे गहन अध्ययन गरेका थिए । तीक्ष्ण स्मरणशक्ति भएको श्रेष्ठ इतिहासका तिथिमिति यकिनसाथ भन्न सक्थे । स्वर्गीय श्रेष्ठ २०१४ सालमा काठमाडौं नगरपालिका–९ (हाल–१७) ठहिटीमा वडाध्यक्षमा निर्वाचित भएका थिए । उनले स्थानीय तहमा मातृभाषा लागू गराएका थिए । उनी त्रिविअन्तर्गत त्रिचन्द्र क्याम्पसमा प्राध्यापनरत छँदा वामपन्थी आन्दोलन लागेका कारण गिरफ्तारमा परेर थुनिएसँगै उनलाई बर्खास्त गरिएका थिए ।

पछि त्रिवि नेपालभाषा केन्द्रीय विभागमा पाश्चात्य समालोचना विषयमा प्राध्यापन गरेका थिए । ‘उहाँ ९माणिकलाल श्रेष्ठ० बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो,’ अधिकारवादी नेता मल्ल के सुन्दर भन्छन्, ‘वामपन्थी विचारक, इतिहासका सूक्ष्म ज्ञाता, विज्ञानका ज्ञाता, कानुनका ज्ञाता, नेपालभाषाका समालोचक, मातृभाषा अभियन्ता, विश्वविद्यालयका प्राध्यापक भनेर चिनिनु हुन्थ्यो ।’

उनको नेपालभाषामा ‘पाश्चात्य समालोचना सिद्धान्त’ पुस्तक प्रकाशित छ । त्यसैगरी श्रेष्ठका सयौं विचारात्मक आलेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

प्रतिक्रिया