बुधबार सुनको मूल्यमा वृद्धि
नेपालखोज
२०७७ चैत ४ गते ११:०९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । मंगलबार ८६ हजार ६ सयमा कारोबार भएको सुनको मूल्यमा आज तिन सयले बढेर प्रतितोला ८६ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजाबी सुनको मूल्य ८६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्यमाक भने गिरावट आएको छ । मंगलबार एक हजार दुई सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मू्ल्यमा आज दश रुपैयाँले घटेर प्रतितोला एक हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया