बिल भरपाई नभएका २० थान लेहेङगा बरामद

नेपालखोज २०७७ चैत ४ गते ११:१५

काठमाडौ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट बिल भरपाई नभएको करिब १ लाख ६० हजार रुपैयाँ मूल्य बराबरको २० थान लेहेङगा मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।
महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ६६७९ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा बसको डिक्कीमा बोराभित्र लुकाई ल्याएको उक्त लेहेङ्गा बिल भरपाई नभएको अवस्थामा फेला पारी बरामद गरेको हो ।

बरामद सामान आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय सानो गौचरण काठमाडौं पठाईएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रतिक्रिया