हुवावेले 5G सम्भावनालाई बढावा दिन LTE फाउन्डेशन सुदृढ गर्दै

१४० कमर्सियल फाइभ जी नेटवर्क ५९ देशहरूमा तैनाथ भए सँगै २०२० मा फाइभ जी डिप्लोइमेन्टको गति तिब्र भयो र इकोसिस्टम पनि द्रुत रूपमा परिपक्व हुँदैछ । ८००,००० भन्दा बढी फाइभ जी साइटहरू विश्वव्यापी रूपमा रोल आउट गरिएको छ तथा कम्पेटिबल ह्यान्डसेटको मूल्य ३५० डलर सम्म झरेको छ ।
चार वा पाँच बर्षमा जीएसएमए इन्ंटेलिजेंसको पूर्वानुमानबाट फाइभ जी डाटा, कुल मोबाइल कनेक्सनको आधा भन्दा बढीको हुनेछ, यसको मतलब एलटीइ नेटवर्कले कम्तिमा पनि अर्को दशक सम्म धेरै देशहरूमा डाटा ट्राफिकलाई सहायता दिनेछ किनकि यो प्रयोगकर्ता अनुभवको लागि अन्तर्निहित स्तम्भ रहिरहनेछ ।
बिभिन्न राष्ट्रहरू जहाँ अझै फाइभ जी रोल आउट भएको छैन, उनिहरुको लागि एलटीइ कभरेज अझ महत्वपूर्ण हुनेछ किनकि यो मोबाइल ब्रोडब्यान्ड कनेक्टिविटीको लागि आधार हो ।
यी एमडब्लूसी शंघाई २०२१ मा आयोजित वायरलेस फाउन्डेशन शिखर सम्मेलनका वक्ताहरूबाट लिने मुख्य टेकवेहरू थिए जसले भविष्यको वायरलेस फाउन्डेशन नेटवर्क कसरी बनाउने भन्ने बारे छलफल गर्नुभयो जुन मोबाइल अपरेटरहरूको लाभदायक व्यवसायलाई सहयोग पु¥याउन शक्तिशाली, सरल र दक्ष हुनुपर्दछ ।
फाइभ जी कर्नर स्टोन
ग्लोबल वायरलेस नेटवर्क मार्केटिङ र सोलुसन हुवावेका भीपी मोहम्मद मडकौरले भन्नुभयो कि उद्योग फाइभ जी युगमा दृढ भईरहेको छ जुन चीनको संख्याले देखाउँदछ र तपाईसंग भएको स्पेक्ट्रमको आधारमा, तपाईको पूर्वाधार कत्तिको उन्नत छ र तपाईको बजार कत्तिको विकसित छ भन्ने कुराहरुमा निर्भर रहेर त्यहाँ लक्ष्यित नेटवर्कमा पुग्ने विभिन्न रणनीतिक मार्गहरू हुनुपर्दछ ।
प्रत्येक देश र हरेक अपरेटरले अहिले फाइभ जी लाई हेरिरहेको हुनुपर्दछ भन्ने कुरामा सहमत छन । तर यो भइरहँदा उहाँले भन्नुभयो कि धेरै डाटा अझै फोर जी मार्फत नैे हुनेछ जसलाई सबैका लागि एक विश्वव्यापी टेक्नोलोजीको रूपमा मान्नु पर्दछ ।
उहाँले एलटीइ का लागि प्रमुख ड्राइभर समग्र इकोसिस्टम हो भन्नुभयो जसमा ह्यान्डसेटको मूल्य न्युनतम १५ डलरमा झरेको छ र टेक्नोलोजीको उच्च दक्षताले वर्षौंसम्म यसलाई मोबाइल ब्रोडब्यान्डको मुख्य प्रबिधी बनाउने छ ।
यहाँ कुनै शंका छैन कि फोर जी कनेक्शन अझै विस्तार हुँदैछ । उहाँले एलटीइ टेक्नोलोजी धेरै लामो समयसम्म रहिरहने निश्चित भएकोले डाटा प्रयोग बढ्दै जाँदा फोर जी को भारी प्रयोग जारी रहनेछ, भन्नुभयो ।
“फोर जी मा गरिएको प्रत्येक लगानी फाइभ जी समेत को लागि पनि हो । मुख्य ध्यान दिनु पर्ने कुरा के हो भने समग्रमा हामीले फोर जी र फाइभ जी लाई कसरी साथमा राख्न सक्छौं होला ताकि हामी अनुभवलाइ राम्रो बनाउन सकौं ।”
मडकौरले उल्लेख गर्नुभयो कि एलटीइ र न्यू रेडियोको सहकार्यमा स्मार्ट एकंर सामेल छ जसले बुद्धिमानीका साथ फाइभ जी सक्रिय गर्ने दर १०० प्रतिशतसम्म बढाउन एकंरलाई छनौट गर्न सक्दछ ।
थप रूपमा, इ–यूटिआरए–एनआर डुअल कनेक्टिविटी ले फाइभ जी प्रयोगकर्ता अनुभवमा, खास गरी फाइभजी सेल एज क्षेत्रका प्रयोगकर्ताहरूका लागि, उल्लेखनीय सुधार ल्याउन सक्दछ जबकि डाइनामिक स्पेक्ट्रम शेयरिङ्ग ले एलटीइ र एनआर बीच साझा स्पेक्ट्रम प्रयोग गरी छिटो फाइभ जी डिप्लोय र एलटीइ ट्राफिक ग्रोथ आवश्यकताहरू पूरा गर्न सक्दछ ।
प्रतिक्रिया