एक करोड ८९ लाख विगो माग गर्दे सन्तोषी निर्माण सेवाको सञ्चालकविरुद्ध मुद्धा दर्ता

काठमाडौं । एक करोड ८९ लाख विगो माग गर्दे सन्तोषी निर्माण सेवाको सञ्चालकविरुद्ध मुद्धा दायर भएको छ ।
झुट्टा तथा नक्कली मुल्य अभिवृद्धि कर (भ्याट बिल) प्रयोग गरी राजस्व छलि गरेको अभियोगमा राजश्व अनुसन्धान विभाग पुल्चोकले भरतपुर महानगरपालिका वडा नं. २ स्थित सन्तोषी/लोहनीजे.भी. र सन्तोषी निर्माण सेवा प्रा.लि का सञ्चालक/प्रबन्ध निर्देशक एवं उल्लेखित सन्तोषी/लोहनी जे.भी.का लिड पार्टनर/मुख्य कारोवारी केशबराज कडेलसमेत तीन जनाबाट एक करोड ८९ लाख २७ हजार एक सय १२ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई यही चैत तीन गते उच्च अदालत पाटनमा मुुद्धा दायर गरेको हो ।
सन्तोषी/लोहनी जे.भी. र सन्तोषी निर्माण सेवा प्रा.लिले आर्थिक प्रलोभन देखाई सर्वसाधारण व्यक्तिहरुको नागरिकता र सहीछाप दुरुपयोग गरी त्यस्ता व्यक्तिहरुको नाममा राजस्व चुहावट गर्ने उदेश्यले फर्महरु खडा गरी वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ. कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावटको कसूर गरेको विभागले जनाएको छ ।
प्रतिवादीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरेको अभियोगमा विगोसहित कैद सजाए माग गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया