शनिबार, असार ७, २०८२

मुक्तिनाथ विकास बैंकको होली सप्ताह अफर

नेपालखोज २०७७ चैत ६ गते १५:५८

काठमाडौं । मुक्तिनाथ विकास बैंकले फागू पूर्णीमाको अवसरमा ‘होली सप्ताह अफर’ ल्याएको छ । यस अफर अन्र्तरगत आजदेखि चैत १३ गतेभित्र मुक्तिनाथ बैंकको सामान्य बचत खाता खोलेमा एक सय रुपैयाँमा नैं मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ ।

यसका लागि ग्राहकले डेबिट कार्डको लागि फारम या आवेदन पनि यही अफर समयअवधि (चैत्र ०६,२०७७ देखि चैत्र १३ गते, २०७७) भित्र दिनु पर्नेछ । साथै ग्राहकले खाता खोलेको मितिदेखि ३ महिनासम्म मुक्तिनाथ मोबाइल बैंकिङ्गको सुविधा निशूल्क लिन सक्नेछन् ।

यो होली सप्ताह अफरसँगै ग्राहकले चाहेमा नि:शूल्क डिम्याट खाता पनि बैंकमार्फत खोल्न सक्नेछन । बचत र डिजिटल कारोबारको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको जनाएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआरकोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्माआदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया