खोप ल्याउन निजी क्षेत्रबाट आवेदन
नेपालखोज
२०७७ चैत ७ गते ९:४८

काठमाडौं । सरकारले निजी क्षेत्रलाई कोरोनाविरुद्धको खोप ल्याउन दिने निर्णय गरेसँगै स्वास्थ्य सेवा विभागमा खोप ल्याउन अनुमति लिन आवेदन पर्न थालेको छ ।
सरकारले एकलौटी नगरी निजी क्षेत्रलाई पनि खोप ल्याउन दिने गरी बाधा अड्काउ फुकाएपछि निजी क्षेत्रका प्रतिनिधिहरू विभागमा अनुमति लिन पुग्न थालेका खोप महाशाखा प्रमुख डा. झलक गौतमले बताए ।
तर, उनीहरूले सरकारले तोकेको मापदण्डभित्र रहेर खोप ल्याउनुपर्ने बताइएको छ । पहिले खोप आयात गर्ने अनुमति लिएपछि मात्र कोरोना खोप ल्याउने प्रक्रियामा निजी क्षेत्रले प्रवेश गर्नुपर्नेछ ।
सम्बन्धित

प्रतिक्रिया