आइतबार, जेठ ६, २०८१

मेनुका र अशिम कुमारकोे “लेकमा भेडी “ सार्वजनिक

नेपालखोज २०७७ चैत ७ गते १२:२५

काठमाडौं । गायिका मेनुका परियार र अशिम कुमार कटुवालको आवाज रहेको “लेकमा भेडि“ बोलको गीत सार्बजनिक भएको छ । अशिम कुमार कटुवालको प्रस्तुतिमा रहेको गित सार्वजनिक भएको हो ।

उनले यस अघि पनि थुप्रै मौलिक गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्कि सकेका छन् । कुनै पनि नेपालि लोक तथा दोहोरी गीतहरु सार्बजनिक गरिरहंदा मौलिकतालाई ख्याल गरिएन भने उस्को सांगितिक यात्रा गन्तब्य बिहिन हुने अशिमको धारणा रहेको छ ।

“लेकमा भेडि“ बोल गीतलाई बिष्णु तामाङ्गले लय भएका हुन् भने शब्द गायक स्वयम अशिम कुमार कटुवालको रहेको छ । गितको म्युजिक भिडियोमा मनोज बुढाथोकी ’मनु’ र आयुश्मा कार्किको अभिनय देख्न सकिन्छ । प्रस्तुत गीतको भिडियोलाई नारायण मगर, छायंकन सुमन तामांग र सम्पादन निर्देशन स्वयम नारायण मगरले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई अशिम कुमार युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो लिंक

प्रतिक्रिया