सोमबार, वैशाख १७, २०८१

प्रकाश सपुतको ‘परदेशी २’ कात्तिक ३ मा

नेपालखोज २०७९ चैत १२ गते १२:२९

काठमाडौं । गायक समेत रहेका अभिनेता प्रकाश सपुतको डेब्यु फिल्म ‘परदेशी २’ को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । कात्तिक ३ गतेलाई प्रदर्शन मिति तय गर्दै निर्देशक नारायण रायमाझीले नयाँ टिजर सार्वजनिक गर्दै गरेका हुन् ।

यसअघिको दशैंमा आउने भनिएको फिल्म फागुनमा आउने भनिएको भएपनि दुवैपटक फिल्म पोस्टपोन्ड भयो । निर्माताले आगामी दशैंमा फिल्म रिलिज गर्ने भन्दै नयाँ दृश्यको छायांकन पनि गरिरहेका छन् । फिल्ममा सपुतसहित प्रशान्त तामाङ, दिलीप रायमाझी, केकी अधिकारी र वर्षा सिवाकोटीको शीर्ष भूमिका छ ।

प्रतिक्रिया