कतार विश्वकपमा फिफाले श्रम दुर्व्यवहारविरुद्ध कारबाही गर्नुपर्छ : एम्नेस्टी

काठमाडौं । कतारी अधिकारीहरूमाथि आफ्नो प्रभावको प्रयोग गर्न एम्नेस्टी इन्टरनेसनलले फिफालाई आह्वान गरेको छ । आप्रवासी श्रमिकहरूमाथिको दुर्व्यवहार अन्त्यकालागि कतारी अधिकारीहरूमाथि आफ्नो प्रभावको प्रयोग गर्न आह्वान गरेको हो । एम्नेस्टी इन्टरनेसनलले कतार विश्व कप २०२२ का छनौट प्रतियोगिताहरू सुरू हुनुअगाडि यस्तो आह्वान गरेको हो ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई लेखिएको पत्रमा एम्नेस्टीले मानवअधिकारका जोखिमहरूलाई रोक्न, न्यूनीकरण गर्न र समाधान गर्नका लागि आफ्नो जिम्मेवारी अनुरूप काम गर्न भनेको छ । यस्तै कतारलाई आफ्नो श्रम सुधारका कार्यक्रमहरू विश्वकप प्रारम्भ हुनुभन्दा अगावै पूरा गराउन आफ्नो प्रभावको पूरा मात्रालाई प्रयोग सुझाव दिएको छ ।
विश्वकप आयोजना गर्ने सम्झौताको उपाधि पाएपछि बढ्दो छानबिनको प्रतिक्रियामा कतारले हालैका वर्षहरूमा धेरै सकारात्मक सुधारहरू ल्याइसकेको छ । तर यी सुधारहरू प्रायः राम्रो सँग कार्यान्वयन हुँदैनन् र हजारौं आप्रवासी श्रमिकहरूमाथि शोषण र दुर्व्यवहार जारी रहेको छ । भर्खरै कतारको शुरा काउन्सिल भनिने एउटा सल्लाहकारी निकायले केही सिफारिसहरू पेश गरेको थियो । जसलाई यदि सरकारले स्वीकार गरेमा पछिल्ला सुधारले ल्याएका धेरैजसो प्रगतिहरू उल्टिनेछन् र श्रमिकहरूको काम परिवर्तन गर्ने र देश छोड्ने अधिकारमा पुनः प्रतिबन्ध लाग्नेछ ।
“कतारको श्रमशक्तिको ९५ प्रतिशत हिस्सा रहेको आप्रवासी श्रमिकबिना यो विश्वकप सम्पन्न हुने सम्भावना छैन । रंगशाला र सडकदेखि आतिथ्यता र सुरक्षा क्षेत्रसम्ममा हजारौं माइलको यात्रा गरी आफ्नो परिवार धान्दै आएका पुरुष र महिलाको कडा परिश्रममा यो प्रतियोगिता निर्भर छ । तर प्रायः यी श्रमिकहरू कतारमा आफ्नो समय अझै पनि दुर्व्यवहार र शोषणले परिभाषित रहेको पाउँदछन्,“ एम्नेस्टी इन्टरनेसनलका आर्थिक र सामाजिक न्यायका प्रमुख स्टीव कक्बर्नले भने ।
अन्तर्राष्ट्रिय मापदण्डअन्तर्गत विश्वकपका प्रतियोगिताबाट उत्पन्न हुने मानव अधिकारका जोखिमलाई न्यूनीकरण गर्ने दायित्व आयोजक निकायको नाताले फिफामा रहेको छ । यसमा खेल संचालनलाई सहज पार्न व्यापक रूपमा विस्तार गरिएका आतिथ्यता र यातायात उद्योगका श्रमिकहरूमा हुने जोखिम पनि समावेश छ ।
विश्वकपलाई साध्य बनाउन श्रमिकहरूले कष्ट भोगिरहेका छन्
आप्रवासी श्रमिकमाथि कतारको अत्यधिक निर्भरता र त्यहाँको शोषणयुक्त श्रम प्रणालीका कारण जब फिफाले कतारमा विश्वकप आयोजना गर्ने निर्णय ग¥यो उसलाई पक्कै थाह थियो वा थाह हुनुपर्दथियो कि उक्त निर्णयमा मानवअधिकारसम्बन्धी जोखिमहरू निहित छन् । फलस्वरूप फिफालाई थाहा थियो वा थाहा हुनुपर्दथ्यो की सबै क्षेत्रमा काम गर्ने आप्रवासी श्रमिकहरूले चाहे ती विश्वकप आयोजनासम्बन्धी आधिकारिक स्थलहरूसँग प्रत्यक्षरूपमा सम्बन्धित हुन् वा नहुन् विश्वकप सम्भव बनाउनका लागि कष्टपूर्ण जीवन भोग्नु पर्नेछ ।
यही चैत्र २ गते एम्नेस्टीले फिफालाई पत्र लेख्दै अन्तर्राष्ट्रिय मानव अधिकार अन्तर्गतको आफ्नो दायित्वहरू पूरा गर्न आग्रह गरेको थियो । संयुक्त राष्ट्रसंघको व्यापार र मानव अधिकार सम्बन्धी मार्गनिर्देशक सिद्वान्तअनुसार फिफाले विश्वकप आयोजना गर्ने क्रममा विश्वकप परियोजना र स्थलमा स्वतन्त्र र नियमित अनुगमन गरेर तथा प्रतियोगितासँग जोडिएका मानवअधिकार ज्यादतीका घटनाहरूको पहिचान र निवारणका लागि उचित रखवारी (मगभ मष्ष्निभलअभ) गरेर विश्वकप आयोजना र सम्पन्न गर्ने क्रममा मानव अधिकारको सम्मानलाई सुनिश्चित गर्नुपर्दछ । अझ महत्त्वपूर्ण त कतारी अधिकारी र अरू सरोकारवालासँगको सहकार्यमा विश्वकपका सबै परियोजनामा श्रमिकहरूले अहिलेसम्म भोगेका हानिलाई सही ढङ्गले सम्बोधन गरेको सुनिश्चित गर्ने जिम्मेवारी फिफाको रहेको छ ।
“विद्यमान सुधार कार्यक्रमलाई गम्भीरताका साथ कार्यान्वयन गर्न र श्रमिकले प्राप्त गरेका नयाँ अधिकारलाई खोस्ने खालको प्रस्तावहरूलाई अस्वीकार गर्न फिफाले कतारसँग आफ्नो अवाज दरिलोसँग उठाउनु पर्दछ,“ स्टीव कक्बर्नले भने ।
आफ्नो अवाज मिलाउन फुटबल प्रशंसकलाई आह्वान
सन् २०१७ मा मानव अधिकार नीति र सन् २०१९ अक्टोबरमा संयुक्त फिफा विश्वकप कतार २०२२ दीर्घकालीन रणनीति ल्याउने लगायत फिफाले आफ्नो जिम्मेवारी निभाउन हालैका वर्षहरूमा चालेका कदमहरूलाई एम्नेस्टीले स्वागत गरेको छ । फिफाले “कतार र अन्तराष्ट्रिय रूपमा श्रमिकका लागि एउटा विश्वस्तरीय मापदण्ड र अभ्यास“ छोड्ने वाचा गरेको थियो तर निरन्तर जारी गम्भीर श्रमिक दुर्व्यवहारले अझै धेरै गर्न बाँकी रहेको देखाउँदछ ।
उदहारणका लागि सन् २०२० मा निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरूको अधिकारको सवालमा “दैनिक उचित हेरविचार“ कतार विश्वकप निरीक्षण गर्ने सरकारी निकाय सर्वोच्च समितिद्वारा गरिने फिफाले एम्नेस्टी इन्टरनेसनललाई बताएको थियो । ७७० मिलियन यूरो लागतको अल–बयत रंगशाला निर्माणमा कार्यरत श्रमिकहरू बिना भुक्तानी सात महिनासम्म काम गरेको पत्ता लगाउँदा जब एम्नेस्टीलले यो यस्तो वास्तविकताभन्दा दूर रहेको दृष्टिकोण एकदमै अपर्याप्त रहेको देखिएको थियो । सर्वोच्च समितिलाई यस मुद्दाबारे एक वर्षदेखि थाहा रहेको भएपनि फिफाले आफू जानकार नरहेको बताएको थियो । यसले विश्वकप हुने स्थलहरूमा स्वतन्त्रपूर्वक अनुगमन गर्ने सवालमा फिफा एकदमै धेरै गम्भीर र लगनशील हुनुपर्ने कुरा देखाएको छ ।
विश्वभरका एम्नेस्टी इन्टरनेसनलका कार्यालयहरूले अहिले फुटबल प्रशंसकलाई फिफा प्रतियोगिता सम्भव बनाउने काम गरिरहेका श्रमिकको अवस्थामा परिवर्तन ल्याउन एक आह्वानपत्रमा हस्ताक्षर गर्नका लागि आग्रह गरिरहेका छन् । सन् २०२० नोभेम्बरमा २७ देशहरूमा रहेका एम्नेस्टी इन्टरनेसनलका कार्यालयहरूले आप्रवासी श्रमिकहरूको हक–अधिकार सुनिश्चित गर्न क्रियाशील भूमिका खेल्नका लागि आफ्ना राष्ट्रिय फुटबल सङ्गठनलाई पनि पत्रचार गरेका थिए । यसैबीच कतारको मानवअधिकार विषयका सवालमा धेरै देशका फुटबल समर्थक समूहबीच पनि चासो बढ्दै छ र केहीले वहिष्कारको माग समेत गरेका छन् ।
“फुटबल समुदायले व्यक्त गरेको चासोलाई फिफाले गम्भीरतापूर्वक लिनुपर्छ र यसलाई सम्बोधन गर्नका निम्ति ठोस कदम चाल्नुपर्छ,“ स्टीव कक्बर्नले भने । “विश्वकपसँग जोडिएका सबै क्षेत्रहरूमा कार्यरत आप्रवासी श्रमिकहरूलाई उचित भुक्तानी उपलब्ध गराउन, न्यायपूर्ण व्यवहार गर्न र शोषणकारी रोजगारदाताको अंकुशबाट मुक्ति दिलाएको सुनिश्चित गर्न फिफा र कतारले एउटा बलियो र प्रभावकारी कार्ययोजना लागू गर्नुपर्दछ ।
प्रतिक्रिया