बिहीबार, चैत १५, २०८०

सामसङले थप्यो ग्यालेक्सी ए–सिरिजमा तीन स्मार्टफोन

नेपालखोज २०७७ चैत ९ गते १६:२४

कोरिया । दक्षिण कोरियाली स्मार्टफोन कम्पनी सामसङले ग्यालेक्सी ए–सिरिजमा तीन नयाँ स्मार्टफोन थपेको छ। कम्पनीले ग्यालेक्सी ए–सिरिजअन्तर्गत ग्यालेक्सी ए–५२, ग्यालेक्सी ए–५२ ५–जी र ग्यालेक्सी ए–७२ गरेर तीन नयाँ स्मार्टफोन सार्वजनिक गरेको जिएसएम एरेनाले लेखेको छ।

सामसङको ग्यालेक्सी ए–५२ अन्य दुई नयाँ स्मार्टफोनभन्दा सानो छ। यसमा ६.५ इन्चको डिस्प्ले छ। यो फोनमा भएको ४५ सय एमएएचको ब्याट्री पावर दुई दिनसम्म टिक्ने बताइएको छ। साथै १५ वाटका चार्जर पनि स्मार्टफोनसँगै आउने छ। यो स्मार्टफोनमा ४–जी नेटवर्कको फिचर छ र यसमा स्नैपड्रैगन ७२०–जी प्रोसेसर प्रयोग भएको छ। ग्यालेक्सी ए–५२ मा ४ जिबी र्‍याम र १२८ जिबीको आन्तरिक स्टोरेज छ। रिर्पोटका अनुसार यसमा भएको ३२ मेगापिक्सलको सेल्फी क्यामेराको मद्दतले प्रयोगकर्ताले आफ्नै अनुहारबाट स्मार्टफोन अनलक गर्न सक्छन्।

अर्को स्मार्टफोन ग्यालेक्सी ए–५२ ५–जीमा पनि उहीँ फिचर रहेको छ। यो स्मार्टफोनमा भने ५–जी नेटवर्कको सुविधा हुनेछ र स्नैपड्रैगन ७५०–जी प्रोसेसर प्रयोग गरिएको छ। प्रयोगकर्ताले ग्यालेक्सी ए–५२ ५–जीमा ६ वा ८ जिबीको र्‍याम पाउने छन् र यसको आन्तरिक स्टोरेज २५६ जिबी रहेको छ। ग्यालेक्सी ए–५२ र ग्यालेक्सी ए–५२ ५–जी स्मार्टफोन कालो, बैजनी, सेतो र निलो रंगमा आउने रिपोर्टले बताएको छ।

त्यसैगरी, ग्यालेक्सी ए–७२ मा ६.७ इन्चको डिस्प्ले र पाँच हजार एमएएचको ब्याट्री पावर छ। यो स्मार्टफोनमा पनि ४–जी नेटवर्क फिचर छ र स्नैपड्रैगन ७२०–जी प्रोसेसर प्रयोग भएको छ। ग्यालेक्सी ए–७२ मा ६ वा ८ जिबी र्‍याम र १२८ वा २५६ जिबी आन्तरिक स्टोरेज हुनेछ। यी स्मार्टफोन प्रयोगकर्ताले आफ्नो रोजाइअनुसार किन्न सक्ने जिएसएम एरेनाको भनाइ छ।

प्रतिक्रिया