भोलिदेखि पठाओ चल्न नदिने

नेपालखोज २०७७ चैत १० गते १७:३७

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भोलि (बुधबार) देखि पठाओ सेवा सञ्चालन हुन नदिने जनाएको छ । पठाओका कारण ट्राफिक व्यवस्थापनमा समस्या आएको भन्दै पठाओ चल्न नदिने जनाएको हो ।

पठाओले मोटरसाइकल र ट्याक्सी सेवा दिँदै आएको छ । काठमाडौं उपत्यकामा पठाओका हजारौँ प्रयोगकर्ता र राइडर छन् । पछिल्लो समय ट्याक्सी चालक र पठाओका बाइक राइडरबीच विवाद हुँदै आएको छ ।

ट्राफिक महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले भोलिदेखि सडक पठाओ देखेमा कारबाही गर्ने बताए ।

प्रतिक्रिया