शनिबार, वैशाख १३, २०८२

नेपाल बङ्गलादेश बैंक र नेपाल सुनचाँदी व्यवसायी महासंघबीच सम्झौता

नेपालखोज २०७७ चैत १० गते २१:४०

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेड र सुनचाँदी व्यवसायीहरुको छाता संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघबीबच बैंकिङ्ग साझेदारी सम्झौता भएको छ ।

उक्त सम्झौतामा नेपाल बङ्गलादेश बैंक लिमिटेडको तर्फबाट बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह तथा नेपाल सुनचाँदी व्यवसायी महासंघको तर्फबाट महासंघका अधक्ष्य माणिक रत्न शाक्यले हस्ताक्षर गरेकोे बैंकले जनाएको छ ।

उक्त सम्झौताअनुसार महासंघ संग आवद्व सुन व्यबसायीहरुले नेपाल बङ्गलादेश बैंक लिमिटेडका नेपालभरिका शाखाहरुबाट बिभिन्न बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्न सक्नेछन् । साथै नेपाल राष्ट्र बैंकको नगदरहित कारोवारलाई प्रवद्र्धन गर्ने नीतिलाई सफल बनाउने उद्देश्यले सुनचाँदी पसलहरुमा खरीदकर्ताहरुले नेपाल बङ्गलादेश बैंकको क्युआर कोडमार्फत भुक्तानी गर्न सक्नेछन् ।

साथै नेपाल अधिराज्यभरीका महासंघसंग आवद्व महिला तथा दलित समुदायद्वारा संचालित सुनचाँदी व्यवसायीहरुले नेपाल बङ्गलादेश बैंक लिमिटेडबाट सहुलियतपूर्ण “महिला उद्यमशील कर्जा” तथा “दलित समुदाय व्यवसाय विकास कर्जा” पनि प्राप्त गर्न सक्नेछन् ।हाल नेपाल बङ्गलादेश बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

प्रतिक्रिया