शनिबार, वैशाख १३, २०८२

पछिल्लो २४ घण्टामा १४५ जनामा कोरोना संक्रमण पुष्टि, ९० जना डिस्चार्ज

नेपालखोज २०७७ चैत ११ गते १६:५१

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ३ हजार ९ सय ६३ नमुना परीक्षणमा १ सय ४५ जनामा संक्रमण देखिए हो । जसमध्ये काठमाडौं उपत्यकाकामात्रै ६३ जना छन् ।

काठमाडौं ५३, ललितपुरमा ८ र भक्तपुरमा २ जना रहेका छन् ।

यस्तै २४ घण्टामा ९० जना डिस्चार्ज भएका उनले बताए । सक्रिय संक्रमितको संख्या भने १ हजार १ सय ८२ रहेका छन् ।

प्रतिक्रिया