मंगलबार, वैशाख ३०, २०८२

‘सी’ डिभिजन लिग : विरगंज युनाईटेडको दोस्रो जित

नेपालखोज २०७७ चैत ११ गते १९:२२

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा विरगंज युनाईटेड क्लबले दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार सामाजिक युवा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै विरगंज युनाईटेडले दोस्रो जित निकालेको हो ।

विरगंजको जितमा विवेक चौधरीले निर्णायक गोल गरे । उनले खेलको ३५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् । आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछ ।

यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।

प्रतिक्रिया