मंगलबार, वैशाख ३०, २०८२

किर्गिस्तान र नेपालको पहिलो हाफमा गोल रहित बराबरी

नेपालखोज २०७७ चैत १२ गते १८:३०


काठमाडौं । त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले अहिले किर्गिस्तानको यू २३ टिमसँग प्रतिस्पर्धा गरिरहेको छ ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा सकिँदा नेपालले गोलरहित बराबरी खेलेको छ । नेपालले हालसम्म विपक्षी टिमलाई दबाबमा राखेको छ ।

आठौं मिनेटमा सञ्जोग राईको कर्नरमा दिनेश राजवंशीले डिबक्समा खालि पोजिसनमा रहेको अवस्थामा बललाई कनेक्ट गर्न सकेनन् ।

१० औं मिनेटमा रोहित चन्दको कर्नरमा अनन्त तामाङको हेड फ्रेमको नजिकैबाट बाहिरियो ।

१४ औं मिनेटमा अञ्जन विष्टको डिबक्स भित्रबाट गरेको प्रहार पोलमा लागेर फर्किन पुग्यो । जसका कारण नेपाली दर्शक उत्साहित हुन पाएका छैनन् ।

प्रतिक्रिया