अफगानिस्तानी सुरक्षा कारबाहीमा २७ लडाकू मारिए
नेपालखोज
२०७७ चैत १३ गते ७:०७

अफगानिस्तान । अफगानिस्तानको जाबुल प्रान्तमा भएको सुरक्षा कारबाहीमा कम्तीमा २७ लडाकू मारिएका छन् । सरकारी सुरक्षा निकायले चलाएको सुरक्षा कारबाही अभियानका क्रममा पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको हो ।
सेनाले बिहीबार जारी गरेको वक्तव्यका अनुसार सुरक्षा कारबाहीका क्रममा अरु १८ लडाकू घाइते पनि भएका छन् । लडाकूहरुले प्रयोग गर्ने गरेको मोटरसाइकल, विस्फोटक पदार्थ तथा अन्य हतियारहरु समेत सुरक्षाकर्मीले नष्ट पारिदिएका छन् ।
सुरक्षा कारबाहीका क्रममा सरकारी सुरक्षाकर्मीतर्फ भएको क्षतिका बारेमा भने सेनाको वक्तव्य मौन रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया