मंगलबार, वैशाख ११, २०८१

विप्लवका नेता ताप्लेजुङमा पक्राउ

नेपालखोज २०७७ चैत १३ गते १६:५४

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ताप्लेजुङका नेता सागर लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ । कारागारमा रहेका सम्पूर्ण नेता–कार्यकर्ताहरूलाई छाड्न सरकार सहमत भएको महिना–दिन नपुग्दै प्रहरीले लिम्बूलाई पक्राउ गरेको हो ।

सदरमुकाम फुङ्लिङ बजारबाट लिम्बूलाई पक्राउ गरिएको ताप्लेजुङका डीएसपी महेन्द्र श्रेष्ठले बताए ।

सहमति विपरीत सरकारले लिम्बूको पक्राउ गरेको विप्लवको मेची कोशी ब्यूरो इञ्चार्ज प्रकाशले आरोप लगाएका छन् । रकारको नियतप्रति आशंका गर्नुपर्ने अवस्था आएको उनले विज्ञप्तिमार्फत् बताएका छन् ।

प्रतिक्रिया