शनिबार, वैशाख १३, २०८२

जर्मनमा निर्मित फाइजर र बायोटेक खोपमा त्रुटिहरु रहेको भन्दै हङकङले छानबिन गर्ने

नेपालखोज २०७७ चैत १४ गते १५:२९


एजेन्सी । जर्मनमा निर्मित फाइजर र बायोटेकको कोरोना भाइरसविरुद्धको खोपमा रहेको त्रुटिहरु छानबिन गर्न हङकङले तदर्थ समिति बनाएको छ ।

खोप लगाएका एकजनाले मृत्यु भएपछि छानबिन गर्न तदर्थ समिति बनाएको हो ।

सो खोपका विरुद्ध हङकङले मुद्दा हाल्ने तयारी गरेको छ ।

साउथ चाइना मोर्निङ्ग पोस्टले जानकारी दिए अनुसार बायोटेकको खोप हङकङ र मकाउमा चीनको फोसुन फार्माले वितरण गरेको बताइएको छ । स्वास्थ्य खतरा निम्तिन सक्ने भएकाले उसले छानबिन पक्रिया थाल्ने भएको हो ।

प्रतिक्रिया