कोरोनाका कारण थप तीन जनाको मृत्यु, ८५ जनामा संक्रमण पुष्टि
नेपालखोज
२०७७ चैत १४ गते १७:४०

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा थप तीन जनाको ज्यान गएको छ । आज थप तीन जनाको ज्यान गएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या तीन हजार २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २७ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा ८५ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या दुई लाख ७६ हजार सात सय ५० पुगेको छ । अहिले नेपालमा १२ सय ८८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
त्यस्तै आज देशभरबाट थप ९३ जना संक्रमण मुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ७२ हजार चार सय ३५ पुगेको छ ।
सम्बन्धित

प्रतिक्रिया