प्रदेश २ को प्रदेशसभा बैठक चैत ३० गते बस्ने
नेपालखोज
२०७७ चैत १५ गते १८:५२

जनकपुर । प्रदेश नं–२ का प्रदेश प्रमुख डा राजेश अहिराजले प्रदेशसभाको धिवेशनको आह्वान गरेका छन् । प्रदेश प्रमुख अहिराजले यही चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचौँ अधिवेशनको आह्वान गरेका हुन् ।
मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख डा अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया