बंगलादेशमा रोकिएन मोदीविरुद्धको आन्दोलन, थप दुईको मृत्यु
काठमाडौं । बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरुद्धमा सुरु भएको आन्दोलन रोकिएको छैन ।
आन्दोलनमा संलग्न थप दुईजना प्रदर्शनकारीको आइबार मृत्यु भएसँगै मृतकको संख्या १३ पुगेको छ । यसअघि शुक्रबार पाँचजना र शनिबार ६ प्रदर्शनकारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आइतबार थप दुईजनाको मृत्यु भएसँगै मृतकको संख्या १३ पुगेको हो । हिन्दू-राष्ट्रवादी भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको विरोधमा इस्लामिक कट्टरपन्थी हेफाजत ई-इस्लाम समूहले आन्दोलन गरिरहेको हो ।
मोदी गत शुक्रबार ५०औं स्वतन्त्रता दिवसका अवसरमा बंगलादेश भ्रमणमा गएका थिए । प्रहरीले भने आन्दोलनकारीले सडक अवरुद्ध गराउँदै आफूहरुमाथि नै आक्रमण गरेकाले आत्मसुरक्षाका लागि गोली चलाउँदा प्रदर्शनकारीहरुको मृत्यु भएको जनाएको छ । बंगलादेशका गृहमन्त्री असादुज्जामन खानले उनले यो आन्दोलन नरोकिए थप कदम चालिने बताएका छन् ।
प्रतिक्रिया