थारु कल्याणकारिणी सभासँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा समिति गठन

काठमाडौं । सरकारले थारु कल्याणकारिणी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समितिसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । मन्त्रिपरिषदको बैठकले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्वसभाषद भगवती चौधरी सदस्य रहेको तीन सदस्यीय वार्ता समिति बनाएको हो ।
सोमबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले थरुहटरथारुवान आन्दोलनका मागका सम्बन्धमा थारु कल्याणकारिणी सभासँग वार्ता गर्न उच्चस्तरीय समिति गठन गरिएको जानकारी दिए । वार्ता आजैबाट सुरु हुने पनि सञ्चारमन्त्री गुरुङले बताए ।
थरुहटरथारुवान संघर्ष समितिले निलम्बित सांसद रेशम चौधरीको रिहाई, कैलालीको टिकापुर घटनामा मुद्दा लागेका आफ्ना नेता कार्यकर्ताको मुद्दा फिर्तालगायतका माग राखेर आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया