पछिल्लो चौबीस घण्टामा थप १४१ जनामा कोरोना संक्रमण, ८२ डिस्चार्ज
नेपालखोज
२०७७ चैत १६ गते १६:२७

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालमा थप १४१ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ सय २२ पीसीआर गर्दा १४१ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
यस्तै सोमबार थप ८२ जनाले स्वास्थ्य लाभ गरेका छन् । यो सहित नेपालमा कोरोन संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७२ हजार ६१२ पुगेको हो । निको हुने दर ९८.४ प्रतिशत हो ।
मन्त्रालयका अनुसार सोमबारसम्म १३ सय ४१ जना कोरोनाका सक्रिय संक्रमित छन् । ५६ जना क्वारेन्टाइन र १३ सय ४१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै सोमबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया