विगतका नराम्रा कुराहरुलाई बिर्सेर अगाडी बढ्न मुख्यमन्त्री पौडेलको आग्रह
नेपालखोज
२०७७ चैत १८ गते १९:४२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विगतका नराम्रा कुराहरुलाई विर्सेर अगाडी बढ्न आग्रह गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको बुधबार बसेको बैठकमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत रहनुभएका पौडेलले विगतका सबै नराम्रा कुरालाई विर्सेर अगाडि बढ्न कमिटीका सदस्यहरुलाई आग्रह गरे ।
विगतका कुरा कोट्याएर गन्तव्यमा पुग्न नसकिने पनि उनले बताए । सकारात्मक भएर अगाडी बढ्न समेत पौडेलले सबैलाई आग्रह गरे । उनले भने, ‘अब सबै विगतलाई राम्रा कुराहरुलाई मात्रै राखौ । जे जति भए ती सबै कुरालाई विर्सौं र त्यसरी जाने हो भने हामी सहज ढङ्गमा हामी गन्तव्यमा पुग्न सक्छौं । फेरी तिनै विषयलाई उठाउने हो भने फेरिपनि समस्या आउन सक्छ ।’
सम्बन्धित

प्रतिक्रिया