क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना
नेपालखोज
२०७७ चैत २० गते १२:२५

एजेन्सी । भारतका चर्चित क्रिकेट खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । केही दिनअघि कोरोना सङ्क्रमित बनेका उनी डाक्टरको सल्लाह अनुसार अस्पताल भर्ना भएका हुन् ।
उनले ट्वीट गर्दै आफू डाक्टरको सल्लाहअनुसार अस्पताल भर्ना भएको र अबको केही दिनमै निको हुने विश्वास लिएको बताएका छन् ।
सचिन सन् २०११ मा भएको वर्ल्ड कपमा भारतलाई जिताउन सफल भएका थिए । सन् २०११ को अप्रिल २ अर्थात आजकै दिन श्रीलङ्कालाई हराउँदै भारतले वर्ल्डकप जितेको थियो ।
सम्बन्धित
प्रतिक्रिया