मंगलबार, वैशाख ३०, २०८२

मायामी ओपन टेनिसको फाइनलमा क्यानडाकी बियन्का

नेपालखोज २०७७ चैत २१ गते १२:२७

एजेन्सी । क्यानडाकी बियन्का एन्ड्रिस्क्यु मायामी ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् ।

एन्ड्रिस्क्युले ग्रिक खेलाडी मारिया साकारी माथि तीन सेटको नाटकिय जीत हात पारेकी हुन् । वर्षाका कारण दुइ घन्टा ढिलो गरी सुरु भएको खेलको पहिलो सेटमा एन्ड्रिस्क्युले तीन एक अंकको अग्रता लिएकी थिइन् ।

तर क्वारटफाइनलमा नाओमी ओसाकालाइ हराएकी साकारीले चार चार अंकको बराबरी गरिन् । टाइब्रेकरमा पुगेको सेटमा साकारीले दुइ पटक सेट पोइन्ट गुमाइन् । विश्व वरियताको सातौ स्थानमा रहेकी एन्ड्रिस्क्युले शानदार रुपमा यो सेट सात –६ ले आफ्नो पक्षमा पार्नि । रोमान्चक र प्रतिस्पर्धात्मकक बनेको खेलको दोस्रो सेटमा पनि एन्ड्रिस्क्यु तीन एकले अघि थिइन् ।

२० औं वरियताकी साकारीले त्यसपछि लगातार पांच अंक जोड्दै ६–३ को जीतका साथ सेट एक एकको बराबरीमा पुर्याइन् । अन्तिम सेटको निर्णय पनि टाइब्रेकरबाटै भएको थियो । जसमा एन्ड्रिस्क्युले बाजी मारिन् । यो खेल दुइ घन्टा ४६ मिनेट सम्म चलेको थियो ।

एन्ड्रिस्कयु सन २०१९ को युएस ओपन फाइनलमा सेरेना विलियम्सलाइ पराजित गरेयता पहिलो फाइनल खेल्दैछिन् । उपाधीका लागि एन्ड्रिस्क्यु र विश्व नम्बर एक अस्ट्रेलियाकी आस्ली बार्टी संग प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया