शनिबार, जेठ ४, २०८२

मोटरसाईकल चोरीको आरोपमा एक पक्राउ

नेपालखोज २०७७ चैत २१ गते १४:५७

काठमाडौं । मोटरसाईकल चोरीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार साँगाचोक गढी–६,सिन्धुपाल्चोकका श्रीजर सेन्चुरीलाई मोटरसाईकल सहित पक्राउ गरेको हो ।

ट्राफिक प्रहरीले शखरापुर न.पा.–६, साँखुबाट बास्तविक नम्वर परिवर्तन गरि बा ९५प ७९७६ नम्वरको रातो रङ्गको एनएस पल्सर मोटरसाईकल चलाई रहेको अवस्थामा सेन्चुरीलाई नियन्त्रणमा लिएको हो । उक्त मोटरसाईकलको वास्तविक नम्बर बा ९१ प १२२१ रहेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया