बुधबार, जेठ २, २०८१

चन्द्रमासँग ठोक्किन सक्छ स्पेस एक्सको रकेट

नेपालखोज २०७८ फागुन ६ गते १५:३९

काठमाडौं । २०१५ मा प्रक्षेपित एक रकेट केही साताभित्रै चन्द्रमासँग ठोक्किन सक्छ । तीव्र गतिमा अघि बढिरहेको यो अन्तरिक्षको फोहोरको टुक्रा स्पेसएक्स फाल्कन नाइन रकेटको माथिल्लो भाग हो । यसले ‘डीप स्पेस क्लाइमेट अब्जभेटरी’ उपग्रहलाई पृथ्वीबाट अन्तरिक्षमा पुर्याएको थियो । त्यसपछि यसले पृथ्वी र चन्द्रमा को चक्कर लगाइरहेको छ ।

क्षुद्रग्रह माथि नजर राख्ने बिल ग्रे ले यो रकेट प्रक्षेपित भए देखि नै नजर राखिरहेको छ । अहिले त्यही रकेटको एउटा टुक्रा सम्भावित खतरा बनेर देखापरेको छ जसको वजन चार टन छ । बिल ग्रेको अर्बिट-ट्रेकिङ सफ्टवेयरले यहि महिना लगाएको अनुमानअनुसार यो रकेटको टुक्रा ९ हजार किलोमिटर प्रतिघण्टाको रफ्तारले अघि बढ्दै ४ मार्चमा चन्द्रमाको सतहमा ठोक्किन पुग्नेछ ।

यो रकेटको टुक्रा अहिले पनि निकै तल माथि गर्दै अघि बढिरहेको छ । त्यस‌ैले पनि के अनुमान लगाउन गारो छ भने यो रकेटको टुक्रा कति बेगले र कहिले चन्द्रमाको सतहमा गएर बजारिनेछ । यो चन्द्रमाको अर्को भागमा गएर ठोक्किने भएकाले यो दृश्य पृथ्वीबाट हेर्न सकिने छैन ।

चन्द्रमाको अध्याँरो भागमा बन्नेछ खाल्डो
केही खगोलविदहरुका अनुसार यस्तो घटना कुनै ठूलो र नौलो घटना भने होइन । यद्यपि अन्तरिक्ष पुरातत्त्वविद्हरुका लागि यो निकै रोमाञ्चक घटना हुनेछ । यसबाट चन्द्रमाको अँध्यारो भागमा एउटा नयाँ खाल्डो बन्नेछ । चन्द्रमाको सम्पर्कमा जाने पहिलो मानव निर्मित चिज १९५९ को सोभियत रकेट लुना-२ थियो । त्यो त्यति बेलाको असाधारण उपलब्धि थियो ।

उक्त मिसनमा एक रकेट, एक प्रोब र तीन बम सामेल थिए । जसमध्ये एक बमले सोडियम ग्याँसको धुवाँ छोडेको थियो ताकि यो टक्कर पृथ्वीबाट हेर्न सकियोस । तत्कालीन सोवियत संघ आफ्नो यो अभूतपूर्व मिसन ‘फेक’ हो नभनियोस् भन्ने चाहन्थ्यो । २००९ मा जापानी उपग्रह ओकिना जस्तै विभिन्न अन्तरिक्ष यान चन्द्रमाको पूर्वि कक्ष बाट बाहिर निस्किए भने अन्य रकेटको काम सकिएपछि तिनलाई जानिबुझी चन्द्रमामै दुर्घटनाग्रस्त गरियो । नासाको एबब र फ्लो अन्तरिक्ष यान २०१२ मा जानिबिझि चन्द्रमाको दक्षिणी ध्रुवमा ठोक्काइएको थियो ।

प्रतिक्रिया