मंगलबार, वैशाख ३०, २०८२

युभेन्ट्स टोरिनोसँग २–२ गोलको बराबरीमा

नेपालखोज २०७७ चैत २२ गते ९:१८

काठमाडौं । साविकको विजेता टोली युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलमा बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा स्टार खेलाडी रोनाल्डोको गोलमा युभेन्ट्स हारबाट जोगिएको हो । युभेन्ट्सले टोरिनोसँग २–२ गोलको बराबरी खेलेको छ । 

खेलको १३ औं मिनेटमा फेड्रिको चिसाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा एन्टोनियो सनाब्रियाले टोरिनोका लागि बराबरी गोल फर्काए ।  

४६ औं मिनेटमा सनाब्रियाले व्यक्तिगत गोल गर्दै टोरिनोलाई २–१ को अग्रता दिलाए । ७९ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाए । 

प्रतिक्रिया