फेरि बढ्यो प्रदूषण, काठमाडौंको आकाश धुम्म (फोटो फिचर)

नेपालखोज २०७७ चैत २३ गते ८:५५

काठमाडौं । गत शुक्रबार एकाएक बढेर बिस्तारै घट्दै गएको काठमाडौंको वायु प्रदूषण सोमबार बिहानैदेखि फेरि बढेको छ । आज बिहानैदेखि काठमाडौंको आकाश धुम्म छ ।

आकाश अझै खुल्न सकेको छैन । केही दिनअघिदेखि काठमाडौंको प्रदूषण अलि कम हुँदै गए पनि विश्वको तुलनामा काठमाडौंमा प्रदूषणको मात्र उच्च थियो ।

देशभरका जंगलमा लागिरहेको डढेलो र खडेरीका कारण हाल काठमाडौं उपत्यकालगायत देशका मुख्य-मुख्य सहरहरुमा प्रदूषणको मात्र अस्वस्थकर रहेको छ । प्रदूषण एकाएक बढेपछि सरकारले गत मंगलबारदेखि देशभरका विद्यालय ४ दिनका लागि बन्दसमेत गरेको थियो ।

प्रतिक्रिया