शनिबार, वैशाख १३, २०८२

पछिल्लो चौबीस घण्टामा थप २६६ जनामा कोरोना सङ्क्रमण, चारको मृत्यु

नेपालखोज २०७७ चैत २३ गते १६:४२

काठमाडौं । पछिल्लो चौबीस घण्टामा २ सय ६६ जनामा कोभिड १९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार २ सय ६६ जनामा कोभिड पोजेटिभ देखिएको छ। हिजो तुलनामा यो झन्डै १ सय जनाले बढी हो ।

१ सय २ जना भने कोभिड सङ्क्रमण मुक्त भएका छन् । २४ घण्टाको अवधिमा ४ जना कोभिड संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

अहिलेसम्म देशभर २ लाख ७८ हजार २ सय १० जनामा कोभिड पोजेटिभ देखिएको छ । ३ हजार ३६ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै २२ लाख ८९ हजार ८ सय २४ जनाको पिसिआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया