मंगलबार, वैशाख ३०, २०८२

आहा रारा गोल्डकप : मनाङलाई हराउँदै संकटा क्लब सेमिफाइनलमा

नेपालखोज २०७७ चैत २३ गते १९:२४

पोखरा । डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी लाई हराउँदै संकटा क्लबले आहा रारा गोल्डकपको सेमिफाईनल सुरक्षित गरेको छ ।
.
पोखरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धा पोखरामा गर्विलो छवि बनाएको मनाङ मर्स्याङ्दी  क्लब पोखरामा पहिलो खेलबाट गोल्डकप यात्राबाट टुङ्गाएको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा फोफोना फोडेले गरेको गोल निर्णायक बन्दा संकटाले विभागीय प्रतिद्वन्द्वी एपिएफसँग सेमिफाइनलमा भेट पक्का गरेको हो ।

संकटाका अमित तामाङले फ्रिकिकमार्फत दिएको पासमा फोफोनाले जाली चुमाउँदा अन्तिम चार यात्रा सम्भव भएको हो । पराजयसँगै मनाङ मर्स्याङ्दी सम्भवत पोखराको मैदानमा पहिलो खेलबाटै बाहिरिएको यो पहिलो हो ।

पोखराको मैदानमा आहा रारा गोल्डकप मनाङ मर्स्याङ्दीले ६ पटक उचालिसकेको इतिहास छ । मंगलबारको अन्तिम क्वार्टरफाईनल खेल रुस्लान थ्रीस्टार र नेपाल पुलिस क्लबबीच हुने छ ।

प्रतिक्रिया