माओवादीले गर्यो चार सांसदलाई निलम्बन
नेपालखोज
२०७७ चैत २४ गते १५:५४

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा विजयी ४ सांसदको पद निलम्बन गरेको छ । मंगलबार माओवादीले टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरीलाई सांसदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको हो ।
चारै सांसद केपी ओली सरकारमा मन्त्री रहेका छन् । उनीहरु माओवादी छाडेर केही समय पहिले ओली नेतृत्वको एमालेमा लागेका थिए भने पार्टीले स्पष्टीकरण सोध्दा समेत उनीहरुले जवाफ दिएका थिएनन् । मन्त्री रामबहादुर थापा बादलबारे कारबाही गरेको पत्र भने माओवादीले सचिवालयमा दर्ता गराइसकेको छैन ।
सम्बन्धित

प्रतिक्रिया