फेसबुक आइडी ह्याक गरी रकम माग गरेको अभियोगमा पक्राउ
नेपालखोज
२०७७ चैत २४ गते १८:४०

काठमाडौं । फेसबुक आइडी ह्याक गरी रकम माग गरेको अभियोगमा पर्सा बहुदरमाई नगरपालिका–५ बस्ने १४ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
नेपाली चलचित्र क्षेत्रका केही कलाकारहरूले प्रयोग गर्दै आएको सामाजिक संजालमा अनाधिकृत पहुँच पुर्याेई फेसबुक एकाउन्ट ह्याक गरी उक्त एकाउन्टमा जोडिएका साथीहरूसँग रकम माग गरेको आरोपमा प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया