किन अलपत्रियाे बाग्मती ब्युटिफिकेसन ?
नेपालखोज
२०७७ चैत २७ गते ७:५२

काठमाडौं । संसदमा बिहिबार वाग्मती ब्युटिफिकेसन मेराे सरकार बने पछि सफल भएको छ भनेका थिए तर त्यसको कथा अर्कै छ । यो कार्यक्रम त ओली प्रधानमन्त्री भएसँगै अलपत्र परेको थियो । सरकारी डाटा समेतमा झुट बोल्छन् ओली । सहरी विकास मन्त्रालयको लापरबाहीले तीन वर्षदेखि वाग्मती ब्युटिफिकेसन अलपत्र परेको छ ।
मुआब्जा नदिएसम्म काम अघि बढ्न नदिने भन्दै स्थानीयले विरोध गरेपछि वाग्मती ब्युटिफिकेसनको काम अलपत्र परेको हो ।
मुआब्जा दिने नदिनेबारे मन्त्रालयले स्थानीयसँग छलफल समेत गरेको छैन ।
तीन वर्षअघि बनेका भौतिक संरचनासमेत भत्किन थालेका छन् । पछिल्लो पटक स्थानीय संघर्ष समितिका अध्यक्ष निजरञ्जन पुडासैनीलगायत ६ जनालाई जागिर दिएर संघर्ष सामान्य पार्न खोजे पनि काम अघि बढ्न सकेको छैन । कान्तिपुर दैनिकबाट
सम्बन्धित

प्रतिक्रिया