म्यानचेस्टर युनाइटेडकाे सहज जित
नेपालखोज
२०७७ चैत २७ गते ८:४६

काठमाडौं । युइएफए युरोपा लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले जीत निकालेको छ । क्वाटरफाइनलको पहिलो लेगमा युनाइटेडले स्पेनिस क्लब ग्रानाडालाई उसैको मैदानमा २-० ले हराएको हो ।
युनाइटेडको जीतमा मार्कस रासफर्ड र ब्रुनो फर्नान्डेसले १-१ गोल गरेका थिए । दुवै हाफमा एकएक गोल भएका थिए । खेलको ३१औं मिनेटमा रासफर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । घरेलु मैदानमा ग्रानाडाले खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकिरहेको थिएन ।
खेलको ९०औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई २-० को जीत दिलाए ।
सम्बन्धित
प्रतिक्रिया