काठमाडाैंको गोठाटारमा सात बर्षीय बालिकालाई जबरजस्ती गरेको भन्दै ४६ बर्षीय कार्की पक्राउ
नेपालखोज
२०७७ चैत २७ गते १४:००

काठमाडौं । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोठाटारस्थित होटल व्यवसाय गरी बस्ने सिन्धुपाल्चोक धुस्कुन घर भएका ४६ वर्षीय लोकबहादुर कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
कार्कीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया