नेपालमा पत्ता लागेभन्दा धेरैमा कोरोना सङ्क्रमण भइसकेको हुन सक्छ : जनस्वास्थ्यविद्

काठमाडौं । समुदायमा पत्ता लागेकाभन्दा धेरै व्यक्तिमा कोरोना सङ्क्रमण भइसकेको हुन सक्ने जनस्वास्थ्यविद्ले बताएका छन् ।
नेपालमा पछिल्लो समय पत्ता लागेका सङ्क्रमितमध्ये सिकिस्त सङ्क्रमितको सङ्ख्या धेरै भएको छ । यसको अर्थ समुदायमा पत्ता लागेकाभन्दा धेरै व्यक्ति सङ्क्रमित भइरहेका भन्ने बुझ्न सकिने सङ्क्रामक रोग विषेशज्ञ डाक्टर अनुप बास्तोलाले जानकारी दिए ।
यी सङ्केतहरुले समुदायमा कोरोना भाइरसको दोस्रो लहर देखिइसकेको पुष्टि हुने उनको भनाइ छ । नेपालमा गएको १० दिनयता सिकिस्त सङ्क्रमितको सङ्ख्या पनि दिनहुँ बढ्दै गइरहेको छ । सिकिस्त सङ्क्रमितमध्ये पनि यो महिना ५० वर्षमुनिका बिरामी ५० प्रतिशतकै हाराहारीमा रहेका बास्तोलाले बताए । जुन अघिल्लो ३ महिनाको तुलनामा सङ्ख्यात्मक हिसाबले दोब्बर जत्तिक्कै हो ।
टेकु अस्पतालको आइसीयूमा भर्ना हुने बिरामीको सङ्ख्या पनि दिनानुदिन बढ्दै गइरहेका छन् । अहिलेकै जस्तै गरी सिकिस्त बिरामीको चाप बढ्ने हो भने २/३ हप्ताभित्र मृत्युदर बढ्ने सक्ने उनले बताए ।

प्रतिक्रिया