कोरोना अपडेट : थप ३३७ जनामा संक्रमण पुष्टि, अवस्था असामान्यतिर

नेपालखोज २०७७ चैत २८ गते १६:५९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप तीन सय ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३५ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो परीक्षण गरिएका कुल नमूनाको नौ दशमलव ५४ प्रतिशत हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार परीक्षण गरिएको नमूनामध्ये पाँच प्रतिशत भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएमा अवस्था असामान्यतिर गएको मानिन्छ । आज थपिएकासँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुइ लाख ७९ हजार सात सय २५ पुगेको छ ।

त्यस्तै एक सय ५१ जना निको भएसँगै कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या दुई लाख ७३ हजार आठ सय ८६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक जनाको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ३९ पुगेको छ । अहिले नेपालमा २८ सय जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया