मंगलबार, वैशाख १६, २०८२

रुसी खाेपकाे सहायता माग्दै भारत

नेपालखोज २०७७ चैत ३१ गते १४:३९

भारत । भारत रुसी खाेपकाे सहायता माग्ने तयारीमा रहेकाे छ । कोरोना भाइरसको महामारी झन् बढ्दो अवस्थामा रहेको छ । भारत अब रुसी खाेप खरीदकाे तयारीमा रहेकाे छ ।

खोप उत्पादनमा एजेन्सीहरुले उल्लेख गरे अनुसार भारतले रुसी खाेपकाे सहायता मागेकाे बताइएकाे छ । भारतमा कोरोना महामारीले भयावह रुप लिएपछि रुसी खोप प्रयाेग गर्न सरकारले अनुमति दिएकाे छ ।

सिरम इन्स्टिच्युटले उत्पादन गरेकाे खाेपले मात्र नपुग्ने भएपछि भारतले रुसी खोपको सहायता लिन पुगेको हो । रुसी खोप स्पुतनिक–५ भारतमा कोरोनाविरुद्ध प्रयोग अनुमति पाउने तेस्रो खोप हो । तर, विदेशमा उत्पादित भने पहिलो खोप हो ।

प्रतिक्रिया