एक महिना विद्यालय बन्द गर्ने स्वास्थ्य मन्त्रालयकाे चाहना
नेपालखोज
२०७७ चैत ३१ गते १४:५६

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गरेर अनलाइन कक्षामार्फत् पठनपाठन सञ्चालन गर्ने चाहना राखेकाे छ । मन्त्रालयले यसकाे लागि सरकारलाई सिफारिससमेत गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमण हुन नदिन कम्तीमा पनि एक महिना विद्यालय बन्द गरेर अनलाइन पठन पाठनको व्यवस्था मिलाउन सरकारलाई प्रस्ताव गरिएकाे हाे ।
मन्त्रालयको विश्लेषण अनुसार अहिले कोरोना संक्रमित हुनेमध्ये सबैभन्दा धेरै विद्यार्थी र शिक्षकहरु रहेका छन् । प्रवक्ता गौतम जनस्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने विद्यालय सञ्चालकहरुले विद्यालय बन्द गर्नुपर्ने बताउँछन्। स्वास्थ्य मापदण्ड पालना गर्छाैँ भन्दैमा त्यसरी छाड्न नहुने उनकाे दाबी छ ।
सम्बन्धित
प्रतिक्रिया